पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उप–महानगरपालिका–१८ का ५३ वर्षीय नन्दबहादुर पुनलाई असार १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।