INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका–८ का २५ वर्षीय भिषण राईलाई असार ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई असार ११ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा असार ११ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी जैसवालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १ गते गरिएको छ ।

अन्य

भिडियो