१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–१ कन्चनपुरका सुरेन्द्र भनिने अब्दुल्लाह अन्सारीलाई असार ९ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असार ७ गते बलात्कारको प्रयास गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित परिवारलाई १ लाख ५० हजार रुपियाँ दिएर घटना मिलाउने प्रयास भएको थियो तर पीडित पक्षले नमानेपछि घटना प्रहरी कार्यालयमा पुगेको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको पथरैयामा रहेको कार्यालयमा आसार ८ गते घटना मिलाउने विषयमा छलफल भएपनि प्रहरीले कानुनी कारवाहीको प्रक्रियाबाट पछाडि नहट्ने जनाएपछि कारवाही प्रक्रिया अगाडि बढेको हो ।
पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण असार १० गते बीरगंजको नारायणी अस्पतालमा गरिएको छ ।