INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले सुन्धाराबाट असार ६ गते गिरफ्तार गरेको छ ।

असार ५ गते बिहान १० बजे बालिका हराएपछि बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौँको प्रहरी टोलीले असार ६ गते बालिकालाई सुन्धारामा फेला पारेर भक्तपुरलाई बुझाएको थियो ।

पीडित बालिकालाई घुम्न जाने भनेर फकाउँदै अरोपित चौलागाईले असार ५ गते भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्ट हाउसमा ल्याएर डर, धम्की र त्रास देखाएर बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा असार ६ गते उजुरी दिनु भएको प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण असार ६ गते काठमाडौँ मेडिकल कलेज, दुवाकोटमा भयो ।

अन्य

भिडियो