INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका–९ का ३४ वर्षीय प्रमोद मेहतालाई असार १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षलको उजुरीलगत्तै फरार भएका आरोपितलाई असार १ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २४ गते गरिएको छ ।

अन्य

भिडियो