चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका ५० वर्षीय छेदु मण्डललाई असार २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले खेलाउन भनेर असार १ गते आफ्नो घरमा लगेको र पछि आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडित परिवारको आरोप छ ।
अबेर साँझसम्म बालिका घरमा नफर्केपछि पीडित परिवारले खोजतलास गर्दा घरभन्दा करिब २ सय मिटर टाढा आँपको बगैँचामा अचेत अवस्थामा फेला पारेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जनकपुरस्थित प्रादेशिक अस्पतालमा असार १ गते गरी सोही अस्पतालमा थप उपचार भइरहेको छ ।
पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा असार १ गते दिएको उजुरीको आधारमा आरोपित मण्डललाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिनु भयो ।