INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ का ४० वर्षीय सन्तबहादुर अहिरलाई  असार १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २८ गते बलात्कार गरेको भन्दै पीडितले  असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय का डिएसपी सत्यनारायण थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो