INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशको बजेटः स्वास्थ्य, पुर्वाधार विकास र कृषि मुख्य प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८ / ०७९ मा स्वास्थ्य, पुर्वाधार निर्माण, मानव अधिकार  प्रवर्धन  र कृषि क्षेत्रलाई प्राथमिकतामा राखि असार १ गते प्रदेश सभामा बजेट प्रस्तृत गरको छ ।

आर्थिक मामिला तथा भौतिक योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्नका लागि आर्थिक वर्ष २०७८ / ०७९ को लागि  ३०  अर्व ३३ करोड ९४ लाख ५५ हजार रुपियाँको बजेट स्वास्थ्य, पुर्वाधार विकास र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर असार १ गते प्रदेश शभामा प्रस्तुत गरेको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकारले आम सञ्चार क्षेत्रलाई मर्यादित र व्यसायिक बनाई सुशासन, स्थायित्व र विकास प्रवद्र्धन गर्न, मानव अधिकारको संरक्षण र सम्बर्धन गर्न, अति बिपन्न वादी समुदायको गरिबी न्यूनिकरण गर्नका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न, ज्येष्ठ नागरिक प्रदेश उपचार राहत कोष स्थापना गर्न आवश्यक  रकम बजेटमा विनियोजन गरिएकोे छ ।

कोभिड—१९ माहामारीको  सङ्क्रमण रोकथामका लागि नागरिकहरुलाई  कोभिड बिरुद्धको खोपको सहज आपुर्तिका लागि संघीय सरकारसँग समन्वय  गरी सबै  नागरिकलाई खोपको पहुँच प¥याउने, अस्पताल तथा जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण र मोलीक्युलर सेटअपको लागि रकम बिनियोजन गरिएको छ ।

कोभिड—१९ माहामारी लगायत अन्य रोग बिरुद्ध तत्काल प्रतिरोधी क्षमता  विस्तार गर्ने कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको र महिला स्वास्थ्य स्वयमसेविकाहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

‘नमुना गाउँ आफै बनाउँ’ भन्ने नाराका साथ मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्क्षी विकास  कार्याक्रमलाई प्रभावकारी बनाउने र चामलको प्रतिस्थापन गर्न  धान उत्पादनप्रवद्र्धन गर्न कैलालीका पाँच ओटा स्थानीय तहहरुमा न्युनतम धानको समर्थन मुल्य तोकी धान खरिद गरिने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

‘प्रदेशमा आफूलाई चाहिने बिउ आफै उत्पादन गर’ भन्ने मुल नाराका साथ एक स्थानीय तह एक बिउ स्रोत केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत नीजि तथा सहकारी संस्था मार्फत १५ ओटा स्थानमा बिउ उत्पादन, प्रशोधन तथा भण्डारण केन्द्र स्थापना, कृषकसँग कृषि विद्यार्थी कार्यक्रम र कृषि उस्मायन पद्धतिमा कृषि उद्यमशिलता विकास कार्यक्रमलाई प्रभावकारी बनाउन पनि बजेटमा रकम विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशलाई अँध्यारोबाट उज्यालो तर्फ  लैजान वैकल्पिक सौर्य उर्जाको उपयोगबाट ‘प्रदेशका गाउँ उज्यालो बनाउँ कार्यक्रम सञ्चालन गरिने छ साथै युवा जनशक्तिलाई  प्रदेशकै सेवामा प्रेरित गर्न, पिछडिएका तथा जेहेन्दार विद्यार्थीलाई एमडी, एमबिबिएस सहित चिकित्सा शिक्षा छात्रवृत्ति, लक्षित वर्गका लागि उच्च शिक्षा छात्रवृत्ति, विपन्न वर्गका विद्यार्थीहरुका लागि प्राविधिक डिप्लोमा छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बजेटमा रकम विनियोजन गरिएको आर्थिक मामिला तथा भौतिक योजना मन्त्री प्रकाशबहादुर शाहले बताउनु भयो ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १० अर्व ६६ करोड ९ लाख ३ हजार अर्थात ३५.१ प्रतिशत, पूजीगततर्फ १७ अर्व ६५ कारोड ४० लाख ५५ हजार अर्थात ५८.२ प्रतिशत र अन्तरसरकारी वित्त हस्तारणतर्फ १ अर्व ७२ कारोड अर्थात एक प्रतिशत रकम विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको २०७८/०७९ को बजेटको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नु होला

अन्य

भिडियो