६५ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–३ का ३५ वर्षीय नारायण मल्ललाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको र उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३१ गते पाल्पा अस्पतालमा गरिएको छ ।