INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका २५ वर्षीय धनबहादुर लोहारलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई जेठ ३० गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशकुमार अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १९ गते गरिएको छ ।

अन्य

भिडियो