INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

शुभकालिका गाउँपालिका–४ भताकी २२ वर्षीया पत्नीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले २८ वर्षीय दाने तिमलसेनालाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०७८ जेठ २८ गते कुटपिट गरेको भन्दै पीडित पक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएपछि आरोपितलाई घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र शाहले जानकारी दिनुभयो ।

कुटपिटबाट टाउको, छाति र पाखुरामा चोट लागेर घाइते भएकी पीडित महिलाको उपचार जेठ २९ गतेबाट जिल्ला अस्पतालमा भइरहेको डाक्टर विज्ञान प्रजाले बताउनु भयो ।

अन्य

भिडियो