INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–७ का २८ वर्षीय सन्दिप हरिजनलाई जेठ २८ गते गैडहवाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जेठ २८ गते गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको इन्स्पेक्टर रबिन्द्र महतले बताउनु भयो । उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढेको उहाँले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

यसैगरी, ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–२ का २५ वर्षीय सन्तोष राना र सोही ठाउँका २६ वर्षीय क्षेत्रबहादुर थापालाई जेठ २८ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले जेठ २७ गते जङ्गलमा बाख्रा चराउन गएको बेला बलात्कार गरेको भन्दै पीडितले जेठ २८ गते गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

अन्य

भिडियो