१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–४ पण्डितपुरका २३ वर्षीय पप्पु मल्लाहलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सत्यनारायण थापाले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाइृ गिरफ्तार गरी अनुसन्धान भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते लुम्बिनी प्रादेशिक अस्पताल ,बुटवलमा गरिएको छ ।
यसैगरी, २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले सिद्धार्थनगर नपा–३ का ३५ वर्षीय रनिदास गोर्खाली विरूद्ध जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले डरधम्की देखाएर जेठ २० गते बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएको आधारमा कारबहाी प्रक्रिया अगाडि बढाएको आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।