INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारविरूद्ध प्रदर्शनमा उत्रिएका नेविसङ्घका कार्यकर्ता गिरफ्तार

सरकारविरूद्ध प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का कार्यकर्ताहरू २७ वर्षीय सञ्जिव ढकाल, २६ वर्षीय मनिष खड्का क्षेत्री, ३१ वर्षीय रमेश खड्का र ३० वर्षीय सम्राट क्षेत्रीलाई प्रदर्शनीमार्गबाट जेठ २५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा उल्लिखित ‘ढुङ्गा, गिटी र बालुवा निकासी गर्दै व्यापार घाटा कम गर्ने’ विषयको विरोधमा उत्रिएको नेविसङ्घका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको नेविसङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिनुभयो ।

यस्तै नेविसङ्घअध्यक्ष राजिब ढुङ्गानाले विज्ञप्ति निकालेर गिरफ्तार परेकाहरूलाई विनाशर्त रिहाइ गर्न माग गरिएको छ ।

अन्य

भिडियो