INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्थायी प्रहरी चौकी तोडफोड घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–१५ स्थित नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ ।

अस्थायी प्रहरी चौकी जेठ १३ गते हुलहुज्जत गरी तोडफोड गरेको आरोपमा प्रहरीले जेठ २५ गते तीन जनालाई गिरफ्तार गरेको हो ।

टोडफोड घटनामा संलग्न भएको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१३ का २४ वर्षीय विक्रम राई,२७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज  लिम्बूलाई धरान उपमहानगरपालिका– ५ देउरालीमा लुकीछिपि बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।

प्रहरीले वसन्त राई र रेगन लिम्बूलाई धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–४ बन्चरे एरियामा लुकेर बसेको अवस्थामा जेठ २४ गते गिरफ्तार गरेको थियो ।

जेठ ९ गते मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा साथीलाई रिहा गर्न माग गर्दै आरोपितहरू अस्थायी प्रहरी चौकी पुगेका थिए ।

सो क्रममा प्रहरीले कानुनी कारबाही अघि बढाउने भनेपछि उनीहरूले प्रहरी चौकी तोडफोड गरेको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितहरूविरूद्ध मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद १२ को महल अनुसार कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय एसपी कमल थापाले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो