INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबिवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकासँग बालबिवाह गर्न खोजेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका–४ का २४ वर्षीय भरत मण्डललाई जेठ २२ गते मण्डपबाटै गिरफ्तार गरेको छ ।

बालिकाको बिवाह गर्ने उमेर कानुनले तोके बमोजिम नपुगेको अवस्थामा बिवाह भइरहेको गोप्य सूचनाका आधारमा आरोपितलाई मण्डपबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

प्रहरीले बिवाह मण्डपबाट बेहुलाका बाबु रामनारायण मण्डल र लमिको काम गरेका इनरूवा नगरपालिका–८ का सुरेन्द्र मेहतालाई समेत गिरफ्तार गरेको छ ।

आरोपितविरूद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को बिवाह सम्बन्धी कसुरको दफा १७३ बमोजिम कारबाही प्रक्रिया अघि बढाएको डिएसपी कार्कीले बताउनु भएको छ ।

अन्य

भिडियो