२२ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–७ का २५ वर्षीय रोसन ढाँट, सोही ठाउँका २५ वर्षीय गणेश पाण्डे, ३६ वर्षीय हर्क ऐडी र पुनर्वास नगरपालिका–११ का २५ वर्षीय अबिनास सिंहलाई जठे २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई जेठ २३ गते फोनमार्फत भेट्न बोलाएर सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते प्रहरीमा उजुरी दिएपछि आरोपितहरुलाई गोदावरी नगरपालिका–२ अत्तरियाबाट गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका सई मोहन सिंहले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।