मिर्चैया नपा–५ का ४० वर्षीय रामसागर साफीलाई जेठ २२ गते साँझ अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरेको छ ।
मिर्चैया बजारमा सिद्दी मेडिकोका सञ्चालक साफीलाई साँझ बिजुली गएको मौका छोपी मास्क लगाएका अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरेको पीडित पक्षको आरोप छ ।
गोली साफीको बायाँ तिघ्रा र बायाँ कुहिनामा लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले बताउनु भयो ।
घाइतेको उपचार मिर्चैयास्थित मङ्गलम अस्पतालमा भइरहेको र घाइतेको अवस्था समान्य रहेको डिएसपी शर्माले बताउनु भयो ।
गोली कसले र किन प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको र केही व्यक्तिहरूसँग सोधपुछ भइरहेको डिएसपी शर्माले जानकारी दिनु भयो ।