INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आयोगको सदस्यमा तीन जनाको नाम अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिको फागुन ३ गते बसेको बैठकले निर्वाचन आयोगमा रिक्त रहेको सदस्य पदको लागि प्रस्तावित तीनै जनाको नाम अनुमोदन गरेको छ ।

बैठकले संवैधानिक परिषद्बाट माघ १४ गते प्रस्तावित गरेको नरेन्द्र दाहाल, इश्वरी पौडेल र सुधिरकुमार शाहको नाम र्सवसम्मतले अनुमोदन गरेको हो ।

व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १ सय ८५ को उपनियम ५ अनुसार योग्यता, क्षमता र अनुभवको आधारमा समितिले प्रश्नोत्तर गरिसकेपछि उनीहरूको नाम अनुमोदन गरिएको समितिका सभापति कुलबहादुर गुरूङले जानकारी दिए । अनुमोदनसँगै निवार्चन आयोगमा सदस्यहरूको नियुक्तिका लागि बाटो खुलेको छ ।

अन्य

भिडियो