कलैया उपमहानगरपालिका–७ रङ्गपुर टोलका अब्दुलगफार अन्सारीका छोराहरू नौ वर्षीय अमान अन्सारी र सात वर्षीय उसमान अन्सारीको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले सोही टोलका २५ वर्षीय फरमुल्लाह अन्सारीलाई जेठ ९ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रको कमाण्डमा जेठ ४ गते गठन भएको नौ सदस्यीय अनुसन्धान टोली र प्रदेश २ प्रहरी कार्यालयका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहको संयूक्त टोलीले अनुसन्धान गरेको डिएसपी गौतम मिश्रले बताउनुभयो ।
बालकद्वयको कलैया उपमहानगरपालिका–११ मा रहेको मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा घाँटी काटिएको अवस्थामा जेठ ४ गते बिहान आठ बजे शव फेला परेपछि परिवारका सदस्यले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ ४ गते उजुरी दिएका थिए ।
शवको पोष्टमार्टम जेठ ४ गते कलैया अस्पतालमा गरिएको छ ।