INSEC Online

📅 २०८३ जेष्ठ २१

घाँटी काटिएको अवस्थामा दाजुभाइको शव फेला

कलैया उपमहानगरपालिका–७ रङ्गपुर टोलका अब्दुल गफारका छोराहरू नौ वर्षीय उशमान मियाँ र सात वर्षीय अमान मियाँको शव जेठ ४ गते बिहान सोही टोलमा रहेको मदरशा सल्फिया कन्जुल उलुममा घाँटी काटिएको अवस्थामा फेला परेको छ ।

बालकद्वयको हत्या कसले गरेको भन्ने थाहा नभएको पीडित परिवार र प्रहरीले जनाएका छन् । आमा छिमेकीको मृत्यु भएकाले अन्तिम संस्कारमा सहभागी हुन गएको समयमा घरमै खेलिरहेका बालकद्वय जेठ ३ गतेबाट हराएका थिए ।

जेठ ४ गते बिहान बालकद्वयको शव देखेर स्थानीयले खबर गरेपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका एसपी दिपेन्द्र शाही र डिएसपी गौतम मिश्रको टोली पुगेको थियो ।

शवको पोष्टमार्टम कलैया अस्पतालमा जेठ ४ गते गरिएको छ । तालिम प्राप्त कुकुर, नेपाल प्रहरीको प्रविधि र जनशक्ति परिचालन गरी घटनाको अनुसन्धान भइरहेको डिएसपी गौतम मिश्रले बताउनुभयो ।

पीडित परिवारले जेठ ४ गते आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको मिश्रले बताउनुभयो ।

अन्य

भिडियो