१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १ गते चाँगुनारायण नगरपालिका–५ छालिङका ५५ वर्षीय भीमबहादुर वनलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको भन्दै पीडित बालिकाको दाजूले जेठ २ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर लोकबहादुर जिसीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २ गते भक्तपुर अस्पतालमा गरिएको छ ।