२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय आफन्तलाई जेठ २ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको भन्दै पीडितले जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडितको उजुरीका आधारमा कारबाही अगाडि बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।