INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउँ गाउँपालिका–१ का ४४ वर्षीय पुर्णचन्द्र बस्नेत र सोही ठाउँका ४३ वर्षीय चन्द्रबहादुर बिकलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले वैैशाख २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण पचभैयाले बताउनु भयो । उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइए इन्स्पेक्टर पचभैयाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ३० गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो