INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–१ का २८ वर्षीय गोविन्द हरिजनलाई वैशाख २४ गते बेलहियाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख २० गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितपक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढेको डिएसपी थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २४ गते भीम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो