११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–५ देविस्थानका २१ वर्षीय विजय बिकलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ वैशाख १४ गते पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले वैशाख २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टरप्रसाद चौधरीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।
आरोपितलाई गिरफ्तार गरी वैशाख २७ गते जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ वैशाख १९ गते बेनी अस्पतालमा भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।