INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २३ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते मध्य राति देखि जेठ १ गतेसम्म जिल्लाभर निषेध आदेश जारी गरेको छ । डिसीसीएमसीको वैशाख २३ गतेको बैठकले जिल्लाभर जेठ १ गते सम्मका लागि निषेध आदेश जारी मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वैशाख २४ गते मध्य राति देखि लागू हुने गरी जेठ १ गतेसम्मका लागि निषेध आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो । वैशाख २३ गतेको बैठकले अस्पताल तथा आईसोलेसन सेन्टरमा डाक्टर, नर्स र अहेबसहितको टिम तथा एन्टिजेन र अक्सिजनसहितको व्यवस्था मिलाउने निर्णय गरेको छ । कोभिड–१९ महामारीको रोकथाम तथा न्यूनीकरणका लाथि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, स्वयम्सेवक परिचालन गर्ने र आआफ्नोे क्षेत्रभित्र आवश्यकता अनुरूप निसङ्क्रमणका लागी निर्मलीकरणको व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो । यसअघि वैशाख १८ गते मध्य रातिदेखि लागु हुनेगरी मोरङका विराटनगर महानगरपालिका, बुढीगङ्गा, जहदा र कटहरी गाउँपालिकाका १ देखि ४ नम्वर वडासम्म सात दिने निषेध आदेश जारी गरिएको थियो ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा वैशाख २३ गते ४८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । ५८ जनाको स्वाब परीक्षण भएकामा १० जनाको मात्र नेगेटिभ नतिजा आएको छ । सक्रिय सङ्क्रमितको संख्या १ सय ६ जना पुगेको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिम खरेलले बताउनु भयो । फुङलिङ नगरपालिकाले तोक्मे बजार क्षेत्र वैशाख २३ गते देखि सील गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले सील गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण बढेपछि जिल्लालाई सुरक्षित राख्न सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सम्बन्धीत स्थानीय तह वा प्रशासनको सहयोगमा मात्र आवतजावतको व्यवस्था गर्ने प्रमुख जिल्ला अधिकार उमेश पाण्डेले बताउनु भयो । वैशाख २३ गते जिल्ला अस्पतालमा १ सय २ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएको छ ।

सोलुखम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार सगरमाथा आधार शिविरबाट फर्केका कोभिड–१९ सङ्क्रमित विदेशी नागरिकलाई उपचारको लागि काठमाण्डाँै लगिएको छ । वैशाख २० गते सङ्क्रमण पुष्टि भएका उनीहरूलाई थप उपचारका लागि वैशाख २२ गते हेलिकोप्टरमार्फत काठमाडौ लगिएको  पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले बताउनु भयो ।

सङखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोभिड–१९ सङ्क्रमित बढेपछि खाँदबारी नगरपालिकाले वैशाख २३ गतेदेखि वैशाख ३१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सङ्क्रमणको दर बढेपछि खाद्यान्न, तरकारी, फलफुल पसलहरू बिहान ७ बजे देखि बिहान ९ बजे सम्म र बेलुकी ४ बजे देखि साँझ ६ बजे सम्म खुल्ला गर्न दिने निर्णय भएको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले बताउनु भयो । खाँदबारी नगरपालिकाले नगरक्षेत्र भित्र लाग्ने साप्ताहिक हाटबजार पूर्ण रूपमा बन्द गरेको छ । धर्मदेवी नगरपालिकाले कोभिड–१९ सङ्क्रमित बढेपछि वैशाख २३ गतेदेखि जेठ ६ गते सम्म नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको धर्मदेवी नगरपालिकाका नगर प्रमुख रमेशकुमार जिमीले बताउनु भएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा वैशाख कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वैशाख २३ गतेसम्ममा नौ पुगेको छ । वैशाख २३ गते थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । वैशाख २३ गते गरिएको एन्टिजेन परीक्षणमा खिजिदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरूष, मोलुङ्ग गाउँपालिका–८ की १९ वर्षीया युवती र मोलुङ्ग हाइड्रोपवरमा कार्यरत रूपन्देही कपिलवस्तुका २८ वर्षीय पुरूषमा ा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनु भएको छ । कोभिड–१९ को सङ्क्रमण प्रतिदिन बढेपछि सचेत रहन र अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य प्रमुख सुमन तिवारीले आग्रह गर्नुभएको छ ।

तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि वैशाख २३ गतेसम्म जिल्ला अस्पतालमा १० ओटा, फेदापमा दुई र छथर गाउँपालिकामा दुई ओटा आईसोलेसन तयार गरिएको छ । वैशाख २३ गते सम्म जिल्लामा २५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । तेहृथुम यातायात प्रालिले वैशाख २३ गतेदेखि अर्को सुचना जारी नहुञ्जेलसम्मका लागि ट्याक्सी सेवा बन्द गरेको छ ।

धनकुटा प्रतिनिधी ईश्वर थापाका अनुसार जिल्ला प्रशासन कार्यलय धनकुटाले वैशाख २२ गते मध्य राति देखि लागू हुने गरी धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ । धनकुटामा कोरोना सङ्क्रमित सङ्ख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनु भयो । निषेध आदेश धनकुटा नगरपालिकाका १० ओटा वडामा लागू हुनेछ । धनकुटासँग सिमाना जोडिएका मोरङ र सुनसरीमा कोभिड–१९ सङ्क्रमण बढिरहेको र पछिल्ला दिनहरूमा जिल्लामा सङ्क्रमणको दर बढेपछि निषेध आदेश जारी गरेको प्रशासनले जनाएको छ । निषेध आदेशभर अत्यावश्यक तथा दैनिक उपभोग समाग्रीहरूको पसल भने बिहान ६ देखि बिहान ९ बजेसम्म र साँझ ४ देखि साँझ ६ बजेसम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेध आदेशको समय अवधिभर धनकुटा नगरपालिका क्षेत्रबाट सार्वजानिक तथा भाडाका सवारी, निजी सवारी साधनहरू सञ्चालन नहुने तथा कोशी राजमार्गमा अन्य ठाउँबाट आएका सवारीसाधन सञ्चालन हुने भएपनि धनकुटा नगरपालिका क्षेत्रमा यात्रु चढाउन र ओराल्न नपाइने भएको छ । वैशाख २३ गते जिल्लामा दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ सङ्क्रतिमको उपचारका सहजताका लागि अर्जुनधारा नगरपालिकाले एम्बुलेन्स र नगरको एक ओटा सवारी साधनसहित चार ओटा सवारी साधन प्रयोगमा ल्याउने भएको छ । शनिश्चरे हस्पिटल र नगरको तीन ओटा एम्बुलेन्स र आवश्यक परे आफूले प्रयोग गर्ने गाडी बिरामीका बोक्नका लागि व्यवस्थापन गरेको नगर प्रमुख हरिकुमार रानाले बताउनु भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि विर्तामोड नगरपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ । मेची आँखा अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताउनु भयो । आइसोलेसन वैशाख २४ गतेदेखि सञ्ंचालनमा ल्याइने छ । अर्जुनधारा नगरपालिकाले अर्जुनधारा नगरपालिका– ३ स्थित जोरसिमलमा बनेको जनता आवास भवनलाई क्वारेन्टिन निर्माण गरेको छ । अर्जुनधारा नगरपालिका–४ मा रहेको स्वास्थ्य चौकीलाई आइसोलेशन सेन्टर बनाएको छ । अर्जुनधारा नगरपालिकाले खुदुनाबारी स्वास्थ्य चौकीमा रहेकोे एम्बुलेन्सलाई शवबहानको रूपमा प्रयोग गर्ने समेत निर्णय गरेको छ । झापा गाउँपालिकाले गाउँपालिका र माताहतका कार्यालयहरूबाट प्रदान हुने अत्यावश्यक बाहेकका सबै सेवाहरू वैशाख मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको छ । त्यस्तै वित्तिय तथा सहकारी संस्थाहरूको हकमा दैनिक बिहान ६ बजे देखि बिहान १० बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासनले जारी गरेको निषेध आदेशलाई थप कडाइ गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २३ गतेको बसेकोले  निषेधलाई कडाइका साथ कार्यान्वयन गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले बताउनु भयो । कोभिड–१९ भाइरसको सङ्क्रमण फैलिएपछि डिसिसीएमसीले वैशाख २४ गते मध्यराति देखि ३१ गते राति ८ बजेसम्म सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपले रोक लगाउने निर्णय गरेको छ । यसअघि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै दुई पाङ्ग्रे सवारीसाधन मोटरसाइकलमा एक जनासम्म सवार गर्ने निर्णयलाई परिमार्जन गर्दै डिसिसीएमसीले सबै सवारीसाधनमा रोक लगाउने, सर्वसाधरणलाई अत्यावश्यक बाहेक जिल्ला बाहिर आउजाउमासमेत रोक लगाएको छ । सबै बजारलाई बिहान ६ देखि बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सेडाइले बताउनु भयो । हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी भोजलाई रोक लगाउने र गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसारका सवारी साधन र व्यापार व्यवसाय मापदण्ड पुरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले राष्ट्रिय जनगणना २०७८ का सबै गतिविधि र राष्ट्रिय परिचय पत्रको जिल्लास्तरीय अभियान अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाउने निर्णय गरिएको छ । महामारीको जोखिमलाई मध्यनजर गरी यसअघि स्वास्थ्य उपचार बाहेक अन्यत्र प्रयोग भइरहेका अक्सिजन सिलिण्डरहरू तीन दिनभित्र अक्सिजन उद्योग वा जिल्ला अस्पतालमा बुझाउन अनुरोध गरेको छ । भारत तथा अन्य जिल्लाबाट प्रवेश गरी उदयपुरमा बसोबास गर्ने व्यक्तिहरूको हकमा स्थानीय तहको अनुगमनमा अनिवार्य रूपमा १० दिन होम आइसोलेसनमा बस्ने निर्णय भएको छ ।

अन्य

भिडियो