त्रिवेणी नगरपालिका–९ मलालगाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि पेट्रोल छर्किएर आगो लगाई फरार रहेको आरोपमा प्रहरीले सोही नगरपालिका–८ का १६ वर्षीय सुमन गिरी र १६ वर्षीय शिखर थापालाई वैशाख २२ गते राती गिरफ्तार गरेको छ ।
वैशाख १९ गते गाउँमा विवाह हेर्न गएको समयमा बालिकाको शरीरमा पेट्रोल छर्किएर आगो लगाई फरार रहेका सुमन र शिखरलाई त्रिबेणी नगरपालिका–८ बुढीगंगा नदि किनारमा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी मदनजित महराले बताउनु भयो ।
पीडित बालिकाका काकाले दिएको किटानी जाहेरीका आधारमा आरोपितहरुका विरुद्ध वैशाख २१ गते पेट्रोल प्रयोग गरी अङ्गभङ्ग गर्न नहुने कसुरमा जिल्ला अदातलमा मुद्दा दर्ता गरिएको डिएसपी महराले बताउनु भयो ।
शरीरमा आगो लगाउँदा बाँया पट्टीको ढाड र कम्मरको भाग जलेर घाइते भएकी बालिकाको जिल्ला अस्पतालमा उपचारपछि घर लगिएको पीडितका काका सञ्जय बुढाले बताउनु भयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७