INSEC Online

📅 २०८३ जेष्ठ २३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोलखाको भीमेश्वर नगरपालिका–९ का २९ वर्षीय शम्भु लामालाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई काठमाडौँ महानगरपालिका पुतलीसडक बस्दै आएका लामाले काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित एक होटलमा लगी बलात्कार गरेको उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले होटलमा दुई दिनसम्म राखेको प्रहरीको भनाई छ । वैशाख १९ गतेदेखि पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी परिसरमा उजुरी दिए लगतै आरोपितलाई गिरफ्तार गरिएको एसपी बस्नेतले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २१ गते प्रसूति गृह थापाथलीमा गरिएको छ ।

अन्य

भिडियो