INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई दिनदेखिको बन्दले रूकुमको जनजीवन प्रभावित

माघ २६ गते बाट गाउँपालिका केन्द्रको माग गदै तकसेरा गाविसका स्थानियबासिन्दाले सदरमुकाम खलङ्गामा आम हड्ताल गरेपछि दुई दिनदेखि जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण सवारी साधन र सरकारी कार्यालयहरू बन्द छन् । सिमाकङ्न आयोगले मैकोट, हुकाम, कोल, तकसेराको गाउँपालिका केन्द्र अपायक ठाउँमा राखेका कारण आन्दोलन गर्नु परेको सङ्घर्ष समितिका संयोजक जुद्ध बुढाले बताए ।

आफूहरूको मागमा स्थानीय राजनीतिक दल र प्रशासन गम्भीर नभएकाले बन्द झन कडा गर्नु परेको उनले बताए । स्थानीयस्तरबाट समस्याको समाधान गर्न नसकिने भएकाले केन्द्रमा पहल भइरहेको रूकुमका प्रमुख जिल्ला अधिकारी बंशीकुमार शर्माले बताए ।

बन्दका कारण सवारी साधन र सरकारी कार्यालय नखुल्दा जनजीवन कष्टकर बनेको हो । माघ २६ गते बिहान केही समय जिल्ला विकास समितिको कार्यालयको कामकाजमा अवरोध गर्न खोजेपनि कुनै असर नपरेको जिल्ला विकास समिति रूकुमका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताए ।

अन्य

भिडियो