२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला परशुराम नगरपालिका—७ निवासी हाल धनगढी उपमहानगरपालिका—४ बस्ने २३ वर्षीय भुवन कठायतलाई वैशाख १२ गते गिरफ्तार गरेको छ ।
आफूलाई भेटन बोलाएर बलात्कार गरेको भन्दै पीडित युवतीले वैशाख ११ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई धनगढी बसपार्कबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी भरतबहादुर चौधरीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको डिएसपी चौधरी बताउनु भयो ।