१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाँउपालिकाका अध्यक्ष ५७ वर्षीय महेन्द्रप्रसाद यादवलाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।
जागिर लगाइदिने प्रलोभनमा बालिकालाई सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित एक होटल लगि बलात्कार गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका–३ का यादवलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्क बताउनु भयो ।
पीडित बालिकाले आफन्तलाई दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैशाख ९ गते गरिएको छ ।