INSEC Online

📅 २०८३ जेष्ठ २१

भिडियो लिन खोज्दा प्रहरीले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप

नेपाल पत्रकार महासङ्घ महोत्तरीका सचिव तथा अन्नपुर्ण पोष्टका जिल्ला सम्वाददाता वर्दिवास नपा–१३ का २९ वर्षीय राजकरण महतोलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरीले वैशाख ७ गते दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

इलाका प्रहरी कार्यालय गौशालामा आर्थिक लेनदेनको कपाली तमसुकको विषयमा भइरहेको छलफलमा दुई पक्षबीच कुटाकुट हुन थालेपछि भिडियो लिन खोज्दा प्रहरीले दुर्व्यवहार गरेको पत्रकार महतोले बताउनु भयो ।

प्रहरीले गाली बेइज्जती गर्दै हातपात समेत गरेको पत्रकार महतोको आरोप छ । पत्रकार महतोका अनुसार प्रहरीले मोबाइल खोसेर क्यामरामा लिएको भिडियो र फोटो ‘डिलिट’ गरिदिएको छ ।

कार्यालयमा भइरहेको छलफलमा विवाद भएको र विवादको तस्वीर अनुमति बिना लिएका कारण प्रहरीले मोबाइल नियन्त्रणमा लिएर फोटो र भिडियो डिलिट गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यसैबिच पत्रकार महासङ्घ महोत्तरी शाखाले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्दै घटना बारे छानविन गरी दोषी प्रहरीमाथि कारवाहीको माग गरेको छ ।

घटनाको यर्थाथ बुझ्न भन्दै महासङ्घ महोत्तरी शाखाका उपाध्यक्ष हेमकुमारी बराल सुनिताको संयोजकत्वमा सहसचिव रामनारायण महतो र गौशलाका स्थानीय पत्रकार धनबीर महतो समेत गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

अन्य

भिडियो