१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१ घर भई हाल नागार्जुन नगरपालिका–६ फस्कु बस्दै आएका ३४ वर्षीय वीरबहादुर तामाङलाई वैशाख १ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले कामको बाहानामा फस्कुस्थित टहरामा बोलाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले तामाङविरुद्ध वैशाख १ गते नै महानगरीय प्रहरी परिसरमा उजुरी दिएको डिएसपी प्रवेश विष्टले जानकारी दिनुभयो ।
पीडित किशोरीको स्वास्थ्य परीक्षण वैशाख १ गते नै प्रसूति गृह थापाथली गरिएको छ ।