INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर भई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय व्यवस्थापन समितिका सदस्य तथा जनता समाजवादी पार्टी गाउँपालिका सदस्य र सोही टोलमा सञ्चालनमा रहेको महेन्द्र मेमोरियल बोर्डिङ स्कूलका सञ्चालक तथा प्रिसिपल ३० वर्षीय रुपेन्द्र कुमार कुशवाहालाई सोही दिन गिरफ्तार गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णय माग गरी टेबल लडाएकाले टेवल रोक्न खोज्दा आक्रमण गरेको पीडित साहको आरोप छ ।

प्रधानाध्यापक दिपेन्द्रप्रसाद साहको प्राथमिक उपचार चिउँताहामा गरी घरमा आराम गरिरहेको पीडितले बताउनु भएको छ ।

अन्य

भिडियो