INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा भीमसेन गाउँपालिका–६ घर भई विदुर नगरपालिका–५ देविघाट बस्दै आएका ४७ वर्षीय कलमउद्धिन मियाँलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ ।

घरमा कोही नभएको समयमा चैत २५ गते दिउँसो पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर ललिता ढकालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २६ गते त्रिशुली अस्पतालमा गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

अन्य

भिडियो