१५ वर्षीया बालिकालाई चैत २४ गते बलात्कार गरेको आरोपमा बेनिघाटरोराङ गाउँपलिका–३ मलेखु क्षेत्रमा मजदुरी गर्दै आएका ५० वर्षीय राजु अन्सारीलाई प्रहरीले चैत २६ गते गिरफ्तार गरेको छ ।
भारतबाट धादिङ मजदुरी आएका अन्सारीले कोठामा एक्लै भएको समयमा बालिकालाई डर त्रास देखाई हात खुट्टा बाँधेर समेत पटक/पटक बलात्कार गरेको भन्दै पीडितका आफन्तले चैत २५ गते इलाका प्रहरी कार्यालयमा गजुरीमा उजुरी दिएका थिए ।
इलका प्रहरी कार्यालय गजुरीले आरोपित विरुद्ध चैत २५ गते नै जबरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरेको छ ।
बालिकाको स्वास्थ्य परीक्षण चैत २५ गते जिल्ला अस्पताल धादिङमा गरिएको छ । स्वास्थ्य परीक्षणमा बालिका सात महिनाको गर्भवती भएको खुलेको थियो ।
जिल्ला अदालतको चैत २६ गतेको आदेश बमोजिम बालिकाको गर्भपतन चैत २६ गते नै जिल्ला अस्पताल धादिङमा गरिएको जिल्ला प्रहरी कार्यालय एसपी महेन्द्र खड्काले जानकारी दिनुभयो ।