१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका ३५ वर्षीय बावुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ २३ गते गिरफ्तार गरेको छ ।
तीन वर्षघि आमा वैदेशिक रोजगारीमा गएपछि बाबुले ०७२ साउनदेखि ०७३ माघ १५ गतेसम्म निरन्तर बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २४ गते राप्ती उपक्षेत्रीय अस्पतालमा भएको प्रहरीले जनाएको छ । बाबुले लगातार बलात्कार गरेपछि भागेर साथीको घरमा बस्न जान थालेकी बालिकालाई आफन्तले सोधपुछ गरेपछि आफू बाबुबाटै बलात्कार भएको आरोप लगाएकी छन् ।
बालिकाले घटनाका बारेमा बताएपछि पीडित पक्षले माघ २३ गते प्रहरी चौकी हंसपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी लोकनाथ तिमल्सिनाले बताए ।