INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहारपछि हत्या घटनाका आरोपित गिरफ्तार

सोरू गाउँपालिका–९ कालै गाउँकी लक्ष्मी चौलागाईलाई चैत २१ गते यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावललाई चैत २४ गते तारापानीबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई घर नजिकै सौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपितले यौन दुर्व्यवहार (बलात्कारको प्रयास) गर्दा बालिकाले इन्कार गरेपछि धकेलेर ढुङ्गामा ठोकिँदा बेहोस भएपछिमुगु कर्णालीमा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर भट्टराईले बताउनु भयो ।

घटना भएको दिन घर नआएपछि आफन्तको घर गएको अनुमान लगाएका परिवारजनले भोलिपल्ट प्रहरीलाई जानकारी गराई छिमेकिहरूसहित खोजी गरेको बालिकाका दाजु धनराज चौलागाईले बताउनु भयो  ।

घटनास्थल आसपासमा माछा मार्न गएका स्थानीयले २३ गते बिहान ७ बजे बालिकाको शव कर्णाली नदिको बिच भागमा अड्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रावललाई चैत २४ गते तारापानीबाट गिरफ्तार गरी आवश्यक अनुसनधानपछि चैत २६ गते सार्वजनिक गरेको जनाएको छ।

पीडत पक्षले आरोपितविरुद्ध चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

शवको पोष्टमार्टम चैत २५ गते जिल्ला अस्पतालमा गरिएको छ । थप अनुसन्धानका लागि भिसेरा र भेजाइनल स्वाब समेत प्रहरी विज्ञानशालामा पठाइने प्रहरीले जनाएको छ ।

अन्य

भिडियो