१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय सौतेलो बाबुलाई प्रहरीले चैत २२ गते गिरफ्तार गरेको छ ।
अपाङ्गता भएकी पीडित बालिकालाई ०७७ फागुन २६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले फागुन २७ गते महानगरीय प्रहरी परिसर, जावलाखेलमा आरोपितविरुद्ध उजुरी दिनुभएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसरका एसपी प्रज्वल महर्जनले बताउनु भयो ।
एसपी महर्जनका अनुसार विगत तीन वर्षदेखि विभिन्न डरधम्की दिई पटक/पटक बलात्कार गर्दै आएका ती सौतेलो बाबुले पछिल्लो पटक फागुन २६ गते बलात्कार गरेको भनि उजुरी प्राप्त भएको आधारमा प्रहरीले अनुसन्धान थालेको हो ।
चैत २३ गते ललितपुर जिल्ला अदालतबाट आरोपितमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी परिसर जाउलाखेलले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २२ गते पाटन अस्पतालमा गरिएयो ।