१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ का भगवान खत्रीलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १५ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय गोरखामा मौखिक उजुरी दिएका थिए ।
पीडित पक्षको सोही उजुरीका आधारमा आरोपितलाई चैत १५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दहालले बताउनुभयो ।
पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय गोरखामा लिखित उजुरी दिएका थिए । प्रहरीले जिल्ला अदालत गोरखामा चैत १६ गते आरोपितविरुद्ध जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दहालले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते गोरखा अस्पतालमा भएको छ ।