पोखरा महानगरपालिका–२३ बराल डाँडाकी ४० वर्षीया देवी जिसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति देवबहादुर विकलाई चैत १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले चैत १४ गते दिउँसो मादकपदार्थ सेवन गरी कुटपिट गर्दा मृतकको टाउको र गोडामा गम्भीर चोट लागेको थियो ।
कुटपिटबाट घाइते भएकी जिसीको उपचारको क्रममा चैत १५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।
घटनापछि आरोपितलाई गिरफ्तार गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम चैत १५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको उहाँले बताउनुभयो ।