तीन जना युवतीलाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा नेपाल-भारत सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले माघ २० गते दाङ जिल्ला मानपुर गाविस-७ का ३२ वर्षीय यमबहादुर बस्नेतलार्इ गिरफ्तार गरेको छ ।
भारतको बाटो हुँदै कुवेत लैजान काठमाडौँबाट १८, १९ र २५ वर्षीया तीन जना युवतीहरूलाई आरोपितले पालैपालो मोटरसाइकलबाट जमुनाह पुर्याएका इप्रका जमुनाहका इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए ।
जमुनाहस्थित एक होटलमा राखिएका तीनै जनालाई उद्दार गरी माइती नेपालको सेल्टरमा पुर्याइएको पनि उनले जानकारी दिए । प्रति युवती ३० हजार रुपिँया लिने शर्तमा बस्नेतले उनीहरूलाई काठमाडौँदेखि दिल्लीसम्म पुर्याउने जिम्मा लिएको अनुसन्धानका क्रममा खुलेको इन्स्पेक्टर क्षेत्रीले बताए ।