INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

१५ वर्षीया बालिकालाई चैत १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बर्जु गाउँपालिका–६ का २० वर्षीय अमित सोनारविरूद्ध चैत ११ गते इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीलगत्तै आरोपित फरार भएको र आरोपितको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ११ गते गरिएको छ ।

अन्य

भिडियो