१९ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेको हुम्ला जिल्लाको सर्केगाढ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–४ हाडीगाँउ बस्दै आएका २६ वर्षीय मिमबहादुर बुढालाई प्रहरीले चैत ९ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।
बाँके जिल्लाको वैध्यनाथ गाउँपालिका–१ गाँवरस्थित होमस्टेमा ०७७ मङ्सिर १६ गते युवतीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा बुढालाई गिरफ्तार गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का इन्स्पेक्टर गंगा पन्तले जानकारी दिनुभयो ।
काठमाडौँबाट घुम्न भन्दै बाँकेको होमस्टेमा पुर्याई मङ्सिर १६ गते बलात्कार गरेको भन्दै युवतीले आरोपितविरुद्ध मङ्सिर २१ गते महानगरीय प्रहरी वृत कालिमाटीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी थिइन् ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर २२ गते प्रसुति गृह थापाथलीमा गरिएको छ ।