INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले शिवराज नपा– ४ पिपराका ३० वर्षीय अब्दुल कलाम मुसलमान विरूद्ध चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले फागुन २५ गते बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर प्रेमप्रसाद रेग्मीले बताउनु भयो । आरोपित फरार रहेको र खोजी कार्य भइरहेको इन्स्पेक्टर रेग्मीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ६ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।

अन्य

भिडियो