११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लमही नपा–४ का ४२ वर्षीय कालिचरण परियारलाई चैत ६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले चैत ५ गते वडा प्रहरी कार्यालय, लमहीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय, लमहीका इन्स्पेक्टर राजन पौडेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।