INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले कोटहीमाई गाउँपालिका–६ मर्चवारीका ३४ वर्षीय केशमन यादव विरूद्ध चैत ३ गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले फागुन १४ गते बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय मर्चवारीमन इन्स्पेक्टर अमृत भण्डारीले बताउनु भयो । पीडितपक्षले दिएको उजुरीका आधारमा आरोपितको खोजी भइरहेको प्रहरीले जनायो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ३ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो