१७ वर्षीया बालिकालाई ०७६ वैशाख २ गते बलात्कार गरेको कसुर ठहर गर्दै लहान नपा–५ का ४० वर्षीय रमेश नायकलाई जिल्ला अदालत सिरहाले चैत ४ गते ११ वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ । न्यायाधीश गिरीराज गौतमको इजलासले सो फैसला गरेको हो ।
घटनामा सहयोगीको रूपमा रहेकी सोही ठाउँकी ३५ वर्षीया सुनिता ठाकुरलाई दुई वर्ष कैद र अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१.६ बमोजिम थप १८ हजार रुपियाँ क्षतिपुर्तिसमेत फैसलामा गरीएको छ ।
पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा वैशाख ३ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद अस्पताल लहानमा वैशाख ३ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानकले नायक र सुनितालाई वैशाख ३ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले नायकलाई जेठ १ गतेदेखि पुर्पक्षका लागि थुनामा पठाएको थियो भने सुनितालाई ४० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।