१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका २३ वर्षीय दाजुलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १ गते र त्यसअघि पनि पटक–पटक बलात्कार गरेको भन्दै सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी टोलीले आरोपितलाई चैत ४ गते राति घर नजिकैबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर जगदिश रेग्मीले बताउनुभयो ।
गाउँमा हल्लाखल्ला भएपछि घटनाबारे बुझ्न प्रहरी टोली गाउँमा गएको र सोही क्रममा आरोपितलाई गिरफ्तार गरिएको उहाँले जानकारी दिनुभयो ।
पीडित पक्षले आरोपितविरुद्ध चैत ५ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएको र आरोपितलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर रेग्मीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते दमौली अस्पतालमा भयो ।